इटहरीका २ जना सहित सुनसरीमा सोमबार ५ जना कोरोना संक्रमित थपिएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परिक्षणमा थप ५ जनालाई कोरोना संक्रमण देखिएको हो ।

इटहरी क्वारेन्टाइनमा रहेका २ जना र रामधुनी क्वारेन्टाइनमा रहेको २ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै धरानमा एक जनामा कोरोना देखिएको छ । संक्रमित मध्ये ३ जना महिला हुन् ।

इटहरीका दुवैलाई गोठगाउँ आइसोलेसन केन्द्रमा पठाइएको छ भने रामधुनीका दुवै महिलालाई कोशी कोभिड १९ अस्पताल विराटनगर पठाइएको छ ।

योसँगै सुनसरी जिल्लामा कुल संक्रमित संख्या १ सय १३ जना पुगेको छ । संक्रमित मध्ये १ सय जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया