बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न २८ परिक्षण केन्द्रमा गरिएको परिक्षणका क्रममा थप १००  जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार विपी अस्पताल धरानमा गरिएको परिक्षणका क्रममा ४ जना, कोशी अस्पताल विराटनगरमा ३ जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा ४ जना , गजेन्द्रनारायण अस्पताल राजबिराजमा १८, जनकपुरमा ५ , बीरजंगमा ९, टेकुमा ४ शुक्रराज अस्पतालमा १, भरतपुुर अस्पताल चितवनमा १ , बीर अस्प तालमा १ , पोखरामा १३ , भेरी अस्पताल नेपालजंगमा ७, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ६ , दैलेखमा गरिएको परिक्षणका क्रममा १६ र डडेल्धुरामा गरिएको परिक्षणका क्रममा ८ जनामा कोरोना पुष्टि भएको हो ।

गत २४ घण्टामा २०७ डिष्चार्ज भएका छन् भने हालसम्म डिष्चार्ज हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ । त्यस्तै कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । धनुषाका ६० बर्षिय एक पुुरुषको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको छ । त्यस्तै ४९ बर्षिया चिनियाँ महिलाको शिक्षण अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

हाल सक्रिया संक्रमितको संख्या ५३६८ जना रहेका छन् भने क्वारेन्टाइनमा २० हजार ८४२ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया