शुक्रबार नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार बीपी कोइराला अस्पताल धरानमा गरिएको परिक्षणका क्रममा २ जना , कोशी अस्पताल बिराटनगरमा १४ जना , प्रदेशीक अस्पताल विराटनगरमा २३ जना , नारायणी अस्पताल बीरजंगमा ३२ जना , टेकुमा १ जना , शुक्रराज अस्पतालमाा ७ जना , भरतपुर अस्पताल चितवनमा १ जना , शिक्षण अस्पतालमा ३ जना , पोखरामा १० जना , भेरी अस्पतालमा ८ जना , लुम्वीनी अस्पताल बुटवलमा ८ जना, सुर्खेतमा ३ जना , दैलेखमा ८ जना , सेती अस्पतालमा गरिएको परिक्षणका क्रममा ८ जना कोरोना पुष्टि भएको हो । त्यस्तै थप एक जनाको मृत्यु भएको छ । पर्साका एक महिलाको नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । गत २४ घण्टामा ३९८७ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो । शुक्रबार थप १०७ जना डिष्चार्ज भएका छन् भने हालसम्म १२ हजार ९४७ जना डिष्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया