ईलाका प्रहरी कार्यालय इटहरीले एक दिन थुनामा राखेको ब्याक्तिमा कोरोना पुष्टि भएको छ ।


राजश्व चुहावटको मुद्धामा गत साउन ४ गते सशस्त्र प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको ब्याक्तिलाइ कोरोना पुष्टि भएसंगै प्रहरी कार्यालयमा उच्च सतर्कता अपनाइएको हो ।
बिभागले थुनामा राख्न पठाएको २५ वर्षीय युवकलाई कोरोना पुष्टि भएसंगै प्रहरी कार्यालयको थुनामा रहेका ८ जनाको पीसीआर चेकजाच तयारी थालिएको छ ।
४ गते कोरोना संक्रमित भनिएका ब्याक्ति इप्रका इटहरीको थुनुवा कक्षमा रहेका ८ जना थुनुवाहरूसंगै बसेको पनि पुस्टी भएको छ ।
युवकलाइ कोरोना पुस्टी भएसंगै अहिले इलाका प्रहरी कार्यालय इटहरीमा उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया