कोरोना संक्रमणको जोखिम कायम रहेको समयमा रक्तदान कार्यक्रमहरु न्युन मात्रमा भई रहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।


लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको अग्रसरतामा विभिन्न नौ संघ सस्थाले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय एघार जनाले रक्तदान गरेका हुन ।
अस्पतालमा उपचारका लागि पुगेका विरामीहरुकले रगत अभावका कारण उपचारमा वाधा नहोस् र रगत अभाव कै कारण ज्यान जोखिममा नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक लायन्स क्लव अफ इटहरी स्मार्टसिटीकी अध्यक्ष लक्ष्मी बराल गौतमले जानकारी दिइन ।
नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धरानमा संकलन हुने रगत मध्ये ४० प्रतिशत रक्तदान कार्यक्रम मार्फत इटहरी क्षेत्रबाट संकलन हुने गरेको भएपनि पछिल्लो समयमा रक्तदान कार्यक्रम न्युन भएको र रगतको अभाव भइरहेको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको जनाइएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रम लायन्स क्लव अफ इटहरी अन्र्तगत स्मार्ट सिटी , एक्टीभ सेन्टर ,सिटीजन तथा कृष्ण प्रणामी युवा परिषद , रेडीमेट व्यवसायी संघ , एक्पर्ट फाउण्डेशन , एक्सेल डेभलवमेन्ट बैक , रोटर्याक्ट क्लव अफ इटहरी ,रोटरी क्लव अफ इटहरी लगायत संस्थाले आयोजना गरेको हो ।
लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीकी अध्यक्ष लक्ष्मी बराल गौतमको अध्यक्षतामा सम्पन्न रकतादान कार्यक्रममा लायन्स क्लव डिष्ट्र«ीक ३२५ ए वानका भाइस गर्भनर रेवतवहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया