शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।


देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १०९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अनुसार बिपी अस्पताल धरानमा गरिएको परिक्षणका क्रममा २ जना , गजेन्द्र नारायण अस्पताल राजबिराजमा ११, नारायणी अस्पताल वीरजंगमा ९ , भरतपुर अस्पताल चितवनमा १ , टेकु प्रयोशालामा १ , हेटौडामा ६ , पाटनमा ३, बीर अस्पतालमा २ , स्टार अस्पतालमा १ , रुपन्देहीमा १३ , भेरी अस्प्ताल नेपालजंजमा ९ , लुम्वनी अस्पताल बुटलवमा ४ , सुखेतमा ५१ र डडेलधुरामा गरिएको परिक्षणका क्रममा २० जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै थप एक जनाको मृत्यु भएको छ । बारा परवानीपुरका १७ बर्षिया युवतीको गण्डक अस्पताल बीरजंगमा निधन भएको प्रवक्ता गौतमले जानकारी दिएका हुन् ।
यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ । हाल क्वारेन्टाइनमा १८,१८३ जना रहेका छन् । शनिबार १०६ जना डिष्चार्ज भएका छन् भने हालसम्म १३०५३ जना डिष्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया