प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बा¥हदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९ सय ४५ पुगेको छ । प्रदेश १ बाट ७ सय ४७ जना डिस्चार्ज भईसकेका छन् । प्रदेश १ मा आज ५ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रदेश १ मा आज सम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया