पर्साका अस्पतालहरु कोरोना संक्रमितले भरिएपछि संक्रमितहरुलाई होम आइसोलेसनमा राख्न थालिएको छ ।

पछिल्लो पटक ४२ जना संक्रमितलाई होम आइसोलेशनमा राखिएको छ ।

जोखिम बढ्दै गएपछि पर्सामा शनिबारदेखि निषेधाज्ञा जारी गरेको छ ।

जिल्लामा पछिल्लो ११ दिनमा १०५ जना संक्रमित भेटिएका छन् ।

५ जनाको मृत्यु भइसकेको छ भने ५८ जना संक्रमित अस्थायी गण्डक कोभिड अस्पतामला उपचाररत छन् ।

कोरोना पोजेटिभ देखिएका ४२ जनालाई आईसोलेशन वार्डसहितको अर्को अस्पतालको व्यवस्थापन नहुँदा तीन दिन घरमै आइसोलेशनमा राखिएको छ ।

संकट व्यवस्थापन केन्द्र पर्साले तीन दिनअघि मन्त्रालयको निर्देशिका अनुसार लक्षण नभएका संक्रमितलाई होम आइसोलेशनमा राख्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया