धरान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र लकडाउन घोषणा गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्न प्रतिष्ठानमा आजदेखि अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन गरिएको प्रतिष्ठानले सूचना निकालेर जानकारी गराएको छ ।

सूचनामा प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थी लगायत सम्बद्ध सबै पक्षहरूले अनिवार्य रूपमा पालना गर्नु गराउनु र कहीँ कसैले यसको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने उल्लेख गरिएको छ ।

प्रतिष्ठानमा आवास र छात्रावास प्रयोग गरी बसोबास गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा तीनका आश्रित परिवार लगायत विद्यार्थीहरूलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवास बाहिर नजान सूचित गरिएको छ ।

प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा सुरक्षाकर्मीद्वारा कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया