इटहरी । इलाका प्रहरी कार्यालय इटहरीका ८ थुनुवा सहित ५ जना प्रहरीको रिपोर्ट नेगेटिभ आएको छ । प्रहरी कार्यालय इटहरीमा थुनामा रहेका एक व्यक्तिमा कोरोना देखिए सँगै १३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीमा रहेका १३ जनाको कोरोना परीक्षण पिसिआर विराटनगर पठाईए पनि ४ दिन पछि रिपोर्ट आएको हो । उक्त युवा सँगै बसेका ८ जना थुनुवा र सम्पर्कमा आएका ५ जना प्रहरीको कोरोना परीक्षण गरिए पनि रिपोर्ट आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

पिसिआर परिक्षण गरेर पठाएको सबैको रिपोर्ट नेगेटिभ आएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया