इटहरी । टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा इटहरीमा पनि सर्वसाधरणहरुले प्रदर्शन गरेका छन । १ सय भन्दा बढि सर्वसाधरणहरुले रविलाई रिहाई गर भन्दै जुलुस निकालेका हुन । इटहरीको खेतिखोला नजिकबाट निकालिएको जुलुसमा धेरै जसो राजावादी नेताहरु धेरै थिए ।

पत्रकार शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए । पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भनिएको भिडियोका आधारमा प्रहरीले आत्महत्यामा दुरुत्साहन मुद्धामा अनुसन्धान गर्न टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।

लामिछाने पक्राउ परेपछि चितवनमा उनका समर्थकहरुले नियमितजसो प्रदर्शन गरिरहेका छन् । पछिल्लो केहि दिन यता पूर्वी नेपालको शहरहरुमा पनि रवि लामिछाने पक्षमा जुलुस सुरु भएको छ ।

तपाईको प्रतिक्रिया