विराटनगर / विराटनगरस्थित न्यूरो हस्पिटलमा कार्यरत तीन जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालमा ल्याबमा गरिएको रिर्पोट अनुसार सोमबार न्यूरो अस्पतालको तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको हो ।

अस्पतालका आकस्मिक कक्षमा कार्यरत एक जना चिकित्सिकलाई संक्रमण पुष्टि भएपछि उनको सम्र्पकमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ गरि स्वाब संकलन गरिएको थियो ।

सोमबार विराटनगरमा २२ जना संक्रमति देखिएको मध्ये न्यूरो हस्पिटलका तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

न्यूरो अस्पतालले शनिबार आकस्मिक कक्ष शिल गरि संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन र अस्पताल सेनिटाइज गर्ने काम सुरू गरेको छ ।

आइतबार साझ अस्पतालले एक विज्ञप्ती जारी गरि आकस्मिक र बहिरङ सेवा अर्को सूचना नआए सम्म बन्द गरेको जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया