विराटनगरमा सोमबार कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा ज्यान गएको छ । विराटनगर ५ का ७७ वर्षीय पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

कोसी अस्पतालका चिकित्सक डा. दिपक सिग्देलका अनुसार उनी सोमबार विहान श्वासप्रश्वासमाको समस्या लिएर आएका थिए । उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरि आइसोलेशनमा राखेर उपचार थालिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको र परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको डा. सिग्देललले जानकारी दिए ।

बृद्ध घरमै रहेको र उनको ट्राभल हिस्ट्री नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया