सुनसरीको दुहवी नगरपालिकाको एक कर्मचारी सहित ४ जनामा कोरोना पुष्टि भएको छ । दुहवीको स्वाब संकलन गरि विपी कोईराला स्वास्थ्य बिज्ञान धरानमा लगेर परिक्षण गर्दा संक्रमण पोजेटिभ आएको दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देशर प्रसाद महतोले जानकारी दिए ।

दुहवी नगरपालिकाका ५३ बर्षीय एक कर्मचारी र वडा नम्बर ४ र ५ का ३ जनामा कोरोना संक्रमण देखिएको बताए । संक्रमितहरु २४,३३ र ६० बर्षीय रहेका छन् । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख महतोले बताए । संक्रमितलाई उपचारका लागि गोठगाउँ लैजाने तयारी भैरहेको छ ।

तपाईको प्रतिक्रिया