मोरङको वुढिगंगा गाउँपालिकामा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पतालले काेराेना संक्रमितकाे उपचार सुरू भएकाे छ  ।

सामाजिक विकास मन्त्रालयको पहलमा टिचिङ अस्पतालले  कोरोना संक्रमितको लागि ६० शैय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

होल्डिङ आइसोलेसनको ६० मध्ये २० शैय्या अस्पतालका कर्मचारी र बाँकी ४० वटा शैय्या सर्वसाधारण बिरामीका लागि छुट्याइएको अस्पतालले जनाएको छ ।

होल्डिङ सेन्टरको सञ्चालनका लागि आवश्यक जनशक्ति र व्यवस्थापनका लागि दैनिक एक लाख खर्च हुने अस्पतालले जनाएको छ ।

सञ्चालन खर्च सम्बन्धित निकाय बाट प्राप्त नभएसम्म अस्पतालका संक्रमित कर्मचारीहरूको उपचार निःशुल्क गर्ने र     अन्य संक्रमितलाई  शुल्क लिने अस्पतालले जानकारी गराएका छन्  ।

तपाईको प्रतिक्रिया