नेपालमा कोरोनाको कारण थप ७ जनाको मृत्यु भएको छ । काठमाडौंका ७१ बर्षिय महिला, काठमाडौंकै ७४ र ६६ बर्षिय पुरुष, सिराहाका २२ बर्षिय पुरुष, पर्साका ६८ बर्षिय पुरुष, धनुषाका ७६ बर्षिय पुरुष र रुपन्देहीका ५३ बर्षिय पुरुष रहेको वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

त्सस्तै थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा २७१ महिला र ५८४ पुरुष गरि ८५५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मंगलबार ३१३ जना डिष्चार्ज भएका छन् भने हाल क्वारेन्टाइनमा १०४५३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया