आज एकै दिन इटहरीमा १४ जना कोरोना संक्रमित थपिएका छन् ।
१४ जना संक्रमित थपिए सगै इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

संक्रमण पुष्टि भएकाहरु इटहरी वडा नं. २ का ३८ वर्षीय पुरुष, इटहरी वडा नं. ५ का २६ वर्षीय पुरुष, ४२ वर्षीय पुरुष र ३४ वर्षीया महिला, इटहरी वडा नं. ९ का २३ र २६ वर्षीया महिला र ६० वर्षीय पुरुष, इटहरी वडा नं. १२ की १५ वर्षीया बालिका, इटहरी वडा नं. १४ का १२ वर्षीया बालिका र ११ वर्षीय बालक रहेका इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।


आज विहानै पनि पीसीआर परीक्षणको रिपोर्टमा चारजनालाई कोरोना पोजेटिभ देखिएको थियो ।

 

तपाईको प्रतिक्रिया