कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मोरङ बेलवारीकी ५६ वर्षिय महिला र झापाको दमक नगरपालिकाका ८३ वर्षिय पुरुषको आज बिहान निधन भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापाका वृद्धलाई बि एण्ड सि हस्पिटलले रिफर गरेर वीपीमा आएका थिए । उनलाई भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

यस्तै, बेलबारीकी महिलालाई कोशी अंचल अस्पतालले रिफर गरेर वीपीमा भदौ ९ गते भर्ना भएकी थिइन् । उनको सोही दिन पीसीआर पोजेटिभ आएको थियो ।

त्यस्तै सिराहा जिल्लाको सिराहा नगरपालिकाका–२ का ५५ वर्षिय पुरुषको हिजो राति मृत्यु भएको हो ।

मृत्यु हुने दुवै पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया