सुन्दरहरैचा, श्रीकृष्ण जन्माष्ठमीको अवसर पारी निकालिएको रथयात्राामा सुन्दरहरैचामा एक महिला घाइते भएकी छिन । सुन्दरहरैचा नगरपालिका स्थित श्रीकृष्ण राधा प्रणामी मन्दिरको प्रागणबाट निकालिएको रथयात्रा सुन्दरहरैचाको विराटचौक, खोर्साने, सलकपुर हुँदै गोठगाउ सम्म परीक्रमा गरेर पुन मन्दिर प्रागणमा ल्याएर समापन गरिएको थियो ।

गोठगाउबाट रथयात्रालाई फर्काउने क्रममा सलकपुरमा रथले किचेर एक महिलाको खुट्टामा चोटपटक लागेको छ । सुन्दरहरैचा ०७ कि ५६ वर्षिय महिला लक्ष्मी पर्साईले रथ तान्ने क्रममा रथ अनियन्त्रीत हुँदा चोटपटक लागेको श्रीकृष्ण राधा प्रणामी मन्दिरका अध्यक्ष कृष्ण बास्तोलाले बताए ।

घाइते उक्त महिलालाई मन्दिर व्यवस्थापन समितिले गछिया पोलिक्लिनिकमा सामान्य उपचार गरी विराटनगर स्थित नोबेल मेडिकल कालेज पठाइेको बास्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया