विराटनगर—विश्व मधुमेह दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो अस्पतालमा सचेतनामूलक कार्यक्रम गर्नुको साथै निःशुल्क मधुमेह जाँच गरेको छ । अस्पताल परिसरमा आइतबार विभिन्न सचेतनामूलक कार्यक्रमको साथै निःशुल्क मधुमेह जाँच तथा उपचार गरेको हो । अस्पतालका वरिष्ठ प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले मधुमेह हुन नदिन र भइहाले पनि कसरी रोकथाम र नियन्त्रण गर्न सकिने त्यसबारेमा बिरामीहरूलाई स्वास्थ्य सचेतना दिएका थिए । सोही अवसरमा बिरामीहरुको निःशुल्क मधुमेह जाँच गरिएको थियो । निःशुल्क मधुमेह जाँचमा १ सय जना बिरामीको उपचार गरेको अस्पतालले जनाएको छ । बिरामीको उपचार अस्पतलाका वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरूङले गरेका थिए । स्वास्थ्य जाँच गरिएको विरामीहरुलाई अस्पतालले निःशुल्क औषधी पनि वितरण गरेको अस्पताले जनाएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर अस्पतालमा आएका बिरामीहरुलाई अन्य जाँचमा ५० प्रतिशत छुट दिएको छ । न्यूरो अस्पतालले यसअघि पनि विभिन्न अवसर पारेर जाँच तथा उपचारहरु निःशुल्क तथा छुटसहित प्रदान गर्दै आएको छ । आउँदा दिनहरुमा यस्ता कार्यक्रममलाई निरन्तरता दिने बताएको छ ।

तपाईको प्रतिक्रिया