पछिल्लो २४ घण्टामा नेपालमा २७२ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ३८६ नमुना परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । २ हजार ४२४ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८१० परीक्षणमा ३१५ जनामा पोजिटिभ देखिएको छ । यस्तै २४ घण्टाको अवधिमा ३०४ जना निको भएका छन् ।

हालसम्म नेपालमा संक्रमितको संख्या पीसीआरतर्फ ८ लाख २३ हजार १०२ र एन्टिजेनतर्फ ९ लाख ५६ हजार ६६२ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२४ घण्टाको अधविमा २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संखया ११ हजार ५४५ पुगेको छ ।

यस्तै २४ घण्टामा १ लाख २७ हजार ७५३ जनाले कोभिड विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या भने ६ हजार ३५२ रहेको छ ।

तपाईको प्रतिक्रिया