सरकारले देशभरका बालबालिकालाई लक्षित गरी पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप कार्यक्रम सुरु गर्ने भएको छ।

उनीहरुलाई मोर्डना कम्पनीको खोप लगाइने छ। ५७ वटा जिल्लाका स्वास्थ्य संस्थाबाट १२ देखि १८ वर्षमुनीका बालबालिलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सकेसम्म बालबालिकालाई नजिक पर्ने गरी खोप केन्द्रको व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप पुगेसम्म सबैलाई लगाइने छ।

मोर्डना खोप नपुगेकालाई फाइजर खोप लगाइने छ। पहिलो मात्रा लगाएको महिना दिनपछि दोस्रो मात्रा लगाइने छ।

 

तपाईको प्रतिक्रिया