एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज खोप आज नेपाल आइपुगेकाे छ। २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलाे खोप आज आएकाे हाे।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान ७:४५ बजे पहिलाे खेप खाेप आएकाे जानकारी दिए। त्यसैगरी बाँकी भाेलि १४ लाख ५७ हजार डोज खोप पर्सी आउने जानकारी दिए। खोप युनिसेफ मार्फत आउन लागेको हो।

यसअघि अमेरिकाले कोभ्याक्स मार्फत  करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।

जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ।

तपाईको प्रतिक्रिया