विदेश जाने यात्रुहरुका लागि  सरकारले विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ। काठमाडौंका विभिन्न अस्पतालबाट बुधबारबाट खोप दिन लागिएकाे हाे।

सरकारले सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, निजामती अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुति गृह थापाथली, टेकु अस्पतालबाट खोप लगाउन पाइने व्यवस्था गरेको छ।

जोन्सनको खोप एक डोजमात्र लगाउँदा हुने भएकोले विदेश जानेहरुले यो खोप लगाउने गरेका छन्। जोन्सन खोप मात्र नभएर काठमाडौंका अस्पतालहरुबाट भेरोसेल र कोभिसिल्डको खोप पनि लगाउन सकिने खोप शाखाले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत सोमबार सातै प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीलगायत उच्च अधिकारीसँग गरेको बैठकमा समेत सबै उमेर समूहका नागरिकलाई लागि छिटो खोप सुनिश्चित गर्न निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया