स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणदर घट्दै गएको बताएको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिनुभयो । पहिला एक जना मान्छेमा भएको भाइरस तीन जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै कम हुँदै गएको उहाँको भनाई छ । भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यमा पनि ओमिक्रोनको संक्रमण दर घटीरहेको र त्यसको प्रभाव नेपालमा परेको उहाँले बताउनुभयो ।

नेपालमा कोरोनाविरुद्धको खोप अभाव नभएको मन्त्रालयले बताएको छ । नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयको भनाई छ । खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रको व्यवस्था भएको मन्त्रालयकी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

मन्त्रालयले खोप लगाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटक–पटक अपिल गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया