नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार १ सय ६८ पिसिआर परीक्षणका क्रममा ३ सय ८४ जना र १ हजार ६ सय ७० एन्टीजेन परीक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रवार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ८ जना निको भएका छन् ।

हाल नेपालमा २ हजार ८ सय ४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया