ठुला मेडिकल कलेजहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिहरेको अवस्थामा विराटनगरको मोरङ सहकारी हस्पिटलले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । विराटनगर–२ शंकरपुर सोमबार हाटमा आफ्नै भवनबाट अस्पतालले आइतबारबाट स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेको हो ।

एक सय शय्याको जेनेरल हस्पिटलमा सम्पूर्ण स्वास्थ्य सेवाहरू रहेको छ । आर्थिक अवस्था नाजुक भएका घर परिवारहरूलाई लक्षित गरी हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको अस्पतालका सञ्चालक विकास अधिकारीले बताए । ‘मोरङ सहकारी हस्पिटल सहकारी अन्तर्गतको अस्पताल पनि हो । त्यही भएर पनि आर्थिक विपन्न परिवारलाई लक्षित गर् हामीले स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेका हौँ,’ उनले भने, ‘स्वास्थ्य बिमा गरेका बिरामीले अब बिमाबाट पनि उपचार गर्न सक्नेछन् ।’

मोरङ सहकारी हस्पिटलमा विशेषज्ञ चर्चित चिकित्सकहरूबाट यहाँ उपचार हुने गरेको छ । अस्पतालमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा। समीर पौडेलको महिनामा एक पटक सेवा दिने गरेका छन् ।

तपाईको प्रतिक्रिया