कुनै पनि गर्भवती महिलाले आफ्नो स्वास्थ्य जाँच गराउन जादाँ आफ्नो गर्भ पाठेघरभित्र बसेको छ छैन त्यसको समेत परिक्षण गराउनु पर्दछ । कतिपय अवस्थामा बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । जो आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ ।

समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, पाठेघरमा नबसी पाठेघरबाहिर बच्चा बस्यो भने यो जोखिमयुक्त हुन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ । धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यो अवस्था किन खतरनाक हुन्छ त ? यसबारे बुझ्न आवश्यक छ ।

पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ । यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ ।

किन पाठेघर बाहिर बस्छ त बच्चा ?
१. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएमा ।

२. ट्युबको पहिला शल्यक्रिया भएमा ।

३. बाँझोपनको उपचारबाट गर्भ रहेमा ।

४. पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भएमा ।

५. कपर टीको प्रयोग गरेको भएमा ।

महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हुने भएकाले यसबारे निकै सचेत हुन आवश्यक हुन्छ । किनभने एउटा गर्भ रहँदा त्यहा आमा र बच्चा गरी दुई जीवनको सवाल हुन्छ । त्यसैले गर्भावस्थामा कम्तीमा ३ पटक (हरेक तीन महिनाको अन्तरालमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।

तपाईको प्रतिक्रिया