खोटाङ / खोटाङमा धारिलाे हतियार प्रहार बाट एक जना गम्भि घाईते भएका छन् । मझुवागढी नगरपालिका-५ का बालाराम कट्वाल लाइ उनकै भतिजा दिनश कट्वालले टाउकाेमा खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका हुन् । समान्य विवादकाे क्रममा एक्कासी उनीमाथी खुकुरी प्रहार भएकाे हाे ।

घाईते भएका कट्वालको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने मादक पदार्थ सेवन गरि खूकुरी प्रहार गर्ने दिनेश कट्वाललाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया