नेपालमा पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २११ तथा एन्टिजेन विधिबाट २३३ जनामा गरी ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ।

तपाईको प्रतिक्रिया