सुनसरीको दुहबी ३ स्थित मैनवती फ्याक्ट्री अगाडि स्कुलबसको ठक्‍करबाट एकजनाको मृत्यु भएको छ। शुक्रबार दिउसो उतरबाट दक्षिण तर्फ जादै गरेको को १ ख ११८८ नम्बरको मेरिल्याण्ड स्कुलको बसले दक्षिणबाट उतर तर्फ आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटारसाइकललाई ठक्कर दिएको थियो ।


स्कुल बसको ठक्करबाट दुहबी ४ बस्ने ३५ वर्षिय जय नारायण चौधरीको मृत्‍यु भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । चौधरीको इटहरी स्थित एपेक्स हस्पिटलमा उपचारको क्रममा मृत्‍यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया