इटहरी । इटहरीका होटलहरुमा भईरहेको यौनधन्दामा होटल ब्यवसायी संघकै समितिको संरक्षणमा हुने गरेको खुलसा भएको छ । लामो समय देखि यौनधन्दाबाट बदनाम बनेको प्रहरी कार्यलय छेउमै रहेको दियालो होटलबाट बालिका पक्राउ परेकी हुन ।

इलाका प्रहरी कार्यलयको टोलीले दुई जोडीलाई पक्राउ गरेको छ । भोजपुर र धनकुटा भएकी एक १४ बर्षिय बालिका र २६ बषिैय युवती सहित इटहरी ५ का लक्ष्मण राउत र प्रदिप कोईरालालाई प्रहरीले पक्राउ गरेको हो ।

होटल दियालो होटल ब्यवसायी संघ इटहरीको कार्यसमिति सदस्य कृष्ण निरौलाले सञ्चालन गरेको होटल हो । इटहरीमा नयाँ डिएसपी सररुवा भएर आए सँगै होटलहरुमा कडाई गर्न थालेको हो ।

 

केहि समय अघि पनि उक्त होटलमा यौन धन्दा भईरहेको सूचना पाए पछि प्रहरीले छापा मारेको थियो । युवतीहरुलाई भारतीय ग्राहक भिडाएको प्रहरीले जनाएको छ । एउटै कोठामा बस्ने महिलालाई ग्राहकहरु बोलाई यौनक्रिडा गराउँने गरेको प्रहरीले बताएको थियो । एउटै महिलालाई पालै पालो धेरै जनाले यौनसम्पर्क गर्ने गरेकोसमेत प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
पैसाको प्रलोभनमा होटलले युवती सेटिङ गर्ने गरेको प्रहरीले बताएको छ । त्यती बेला यौनधन्दामा संलग्न भारत पट्ना ४ बस्ने बर्ष २८ को रविकान्त निराला, कटियारका प्रभाकर कुमार साह,सुमनकुमार मण्डल, सुपौल कटैया दिपेशकुमार मेहता, कटियार ललनकुमार मण्डल ,कुन्दन कुमार ठाकुर, बिजय केवड ,निरजकुमार मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै सप्तरी कन्चनरुपका योगेन्द्र मालाकार, इटहरी २ का रविन साहलाई प्रहरीले पक्राउ गरेको छ ।
यता आजै होटल ब्यवसायीहरु सँग छलफल गदै इटहरीका डिएसपी धर्मराज भण्डारीले होटलमा अर्मायादित कार्य गर्नेहरु कसैलाई नछोड्ने बताएका छन । होटलमा आएका पाहुनाहरुको अनिवार्य परिचय खुल्ने कार्ड समेत राख्न भनेका छन ।

तपाईको प्रतिक्रिया