इटह  इटहरी । सुनसरीको इटहरी २ आँपगाछीमा भयानक दुर्घटना भएको छ । इटहरीबाट धरान जादै गरेको बा ४ च ९००९ नम्बरको कार हाईवेयमा तीन बल्ड्याङ पल्टीएको छ । गाडी पूर्ण रुपमा क्षती भए पनि मानविय क्षती भने अहिले सम्म नभएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

कारमा पल्टीए पनि चालक भने भाग्न सफल भएको स्थानीयबासीले बताएका छन । दुर्घटना भएको स्थानमा स्थानीयहरुको भाग दौड मच्चिएको थियो । विस्तृत विवरण आउन भने बाँकी रहेको ट्र«ाफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया