राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने भएको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट थप दुई जना मन्त्री हुनेछन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटपछि प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारको विषय आजै टुंगिने बताएका छन् ।
उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रीको सहमति जुटेको छ । रास्वपाले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का भइसकेको छ ।रास्वपाबाट तोसिमा कार्की स्वास्थ्य मन्त्रि बन्ने लाईनमा छिन् । अर्को मन्त्रालय युवा तथा खेलकुद पाउने सम्भावना छ ।यसमा माओवादी केन्द्रको पनि दाबी रहेकाले अन्तिम निर्णय नभएको स्रोतको दाबी छ ।
रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालयमा दाबी गरेको थियो । सुरुमा तीन मन्त्री र एक राज्यमन्त्री दिन शीर्ष नेताहरु तयार देखिएका थिए । तर सरकारमा सहभागी हुने दलहरु बढेपछि एक राज्यमन्त्री घटेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आजै पूर्णता पाउने बताएका छन्।
बालकोटमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्। सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेकाे छ।
कांग्रेससँग पनि छलफल हुन्छ । भोलि थाहा हुन्छ।’एमाले अध्यक्ष ओलीसँग प्रचण्डले करिब पाँच घण्टा बालकोटमा छलफल गरेका हुन्। ओलीसँग ‘लन्च मिटिङ’मा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा ।समेत छलफल भएको जनाइएको छ।
यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न सकेका थिएनन्। प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् ।राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको छ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष तथा उपप्रधान एमव् अर्थमन्त्री विष्णु पौडेलबीच छलफल सुरु भएको छ ।प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भइरहेको बेलामा उपप्रधानमन्त्री पौडेल बालकोट पुगेका थिए ।
प्रचण्ड र ओलीबीच करिब पाँच घण्टा भएको छलफलमा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा छलफल भएको जनाइएको छ ।प्रधानमन्त्री प्रचण्डले बालकोटबाट बाहिरिने क्रममा सरकारले आजै पूर्णता पाउने बताएका थिए ।
May be an image of 1 person, standing and outdoors

तपाईको प्रतिक्रिया