पत्थरीको प्रकार अनुसार उचित आहार व्यवस्थापन नै यसको रोकथाम एवं उपचारको निम्ति उत्तम उपाय हो। त्यसैले पत्थरीका बिरामीले सेवन गर्न हुने र नहुने खानेकुरा बारे जानकारी राख्नुपर्छ।

पत्थरीका बिरामीले सेवन गर्न नहुने खानेकुरा
अक्जालेट बढी मात्रामा पाइने खानेकुरा
–पालक एवं चौलाई,
–अमला,
–गोलभेंडा,
– काजु,
–काँक्रो,
–कालो अंगूर,
–चकलेट,
–चिया एवं कफी,
– कोला पेय पदार्थहरु।

बढी मात्रामा अक्जालेट पाइने खानेकुरा सेवन गर्दा क्याल्सिय अक्जालेट पत्थरी हुने सम्भावना धेरै हुन्छ।

युरिक एसिड बढाउने खानेकुरा
–रातो मासु,
– माछा,
–गेडागुडीहरु,
–कुरिलो,
– काउली,
–फर्सी,
–च्याउ,
–भेण्डा।
बढी मात्रामा युरिक एसिड बढाउने खानेकुरा सेवन गर्दा यूरिक एसिड पत्थरी हुने सम्भावना  धेरै हुन्छ।

पत्थरीका बिरामीले यी खानेकुरा खाने
बदाम
बदामले म्याग्नेसियम र पोटासियम  बढी मात्रामा पाइने हुँदा पत्थरी बन्न दिदैन।
केरा
केरामा प्रशस्त मात्रामा भिटामिन बी ६ पाइन्छ। जसले  अक्जिालिक एसिडलाई टुक्राउन मद्दत गर्दछ।
जौं
बढी मात्रामा पिसाब लगाउनुका साथै यसमा पत्थरी प्रतिरोधात्मक तत्वहरु पाइन्छ।
 नरिवल पानी
पत्थरी बन्ने प्रक्रियालाई अवरोध पुर्‍याउँदछ।
कर्नसिल्क चिया
पिसाब बढी मात्रामा  लगाउँछ। मूत्रथैलीलाई सुक्षा प्रदान गर्दछ।स पत्थरीलाई  निमूल गर्दछ।
गाँजर
भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। जसको कमीले पत्थरी हुने सम्भावना बढी हुन्छ।

कागती
साइट्रेट  बढी मात्रामा पाइन्छ। जसले क्यल्सियम अक्जालेट  पत्थरी बन्न दिदैन।

गहतको दाल
गहतको दालले पत्थरी बन्ने प्रक्रियामा बाधा पु¥याउँछ।
करेला
म्याग्नेसियम फस्फोरस तथा अन्य पदार्थहरु पाइन्छ। जसले पत्थरी बन्ने प्रक्रियामा अवरोध पु¥याउछ।
मूला
पत्थरी टुक्राउन मद्दत गर्छ।

ध्यान दिनुपर्ने कुरा
प्राय ५ एमएम भन्दा कम साइजका पत्थरीहरु प्रशस्त मात्रामा पानी पिउनाले  पिसाबको माध्यमबाट स्वत बाहिर निस्किन्छ।प्रतिदिन पिसाबको मात्रा कम्तिमा पनि २–३ लिटर हुनुपर्दछ।पेट दुखाई बढी भएमा, पिसाबमा रगत देखिएमा, पिसाब गर्न गाह्रो भएमा एवं बढी पोलेमा  तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ। खानामा नुनको मात्रा कम गर्नुपर्दछ।

तपाईको प्रतिक्रिया