केही साताअगाडि इटहरीको शुष्मा कलेजमा बम बिष्फोट गराउने विप्लव समूहका सुनसरी इन्चार्ज लक्ष्मण पौडेल सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको इन्भेष्टिकेशन टोली र ईलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले विप्लव समुहको सुनसरी इन्चार्ज पौडेल सहित जिल्ला सेक्रेटरी सन्देश भनिने सन्तोष बिष्टलाई इटहरी १७ बाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट महत्वपूर्ण कागजात र लेटरप्याड बरामद भएको समेत गरेको छ । भदौ १९ गते इटहरीस्थित शुष्मा गोदावारी कलेजमा बम राख्ने कार्यमा संलग्न भएको प्रहरीको सुक्ष्म अनुसन्धानबाट खुलेको छ । उनीहरुमाथी थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया