एजेन्सी । मानिसहरु आजकाल हर समय मोवाइलमै झुण्डिरहेका हुन्छन् । बिहान उठे देखि बेलुका नसुतेसम्म मानिस मोवाइलमै ब्यस्त हुन्छन् । यहाँ सम्मकी शौचालय जाँदा समेत मान्छे मोवाईल नबोकी जाँदैनन् ।

हालसालै ब्रिटेनमा डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्वेक्षणमा गरेको थियो। सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले शौचालयमा फोन प्रयोग गर्ने बताएका थिए। आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै नछिर्ने बताएका थिए।

तर यो आदत स्वस्थको दृष्टिकोणले हानीकारक हुने डाक्टरहरूले बताएका छन् । शौचालयमा फोन चलाउँदा पाइल्स हुने सम्भावना अत्याधिक रहन्छ ।

मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ। फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ। जसले गर्दा पाइल्स हुने जोखिम बढ्छ।

प्यासिएन्ट डट इन्फोकी क्लिनिकल डाइरेक्टर डा. सराह जार्भिसले शौचालयमा धेरै समय मोबाइल फोन चलाउँदा पाइल्स हुने सम्भावना बढ्ने बताइन्। ‘दिसा बस्दा कन्नुपर्ने अवस्था र कब्जियतले पाइल्स हुन्छ,’ डा. जार्भिसले भनिन्, ‘शौचालयमा धेरै बेर बस्दा पनि पाइल्सको समस्या हुन सक्छ।’ उनले शौचालयमा फोन चलाउने बानी अस्वस्थ भएको बताइन् ।

तपाईको प्रतिक्रिया