एजेन्सी। क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ ।र,जुनसुकै उमेरका मानिसमा पनि हुन सक्छ । यसैले यस रोगबारे सधैँ सचेत हुन आवश्यक हुन्छ। क्यान्सरबाट बच्नका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्नु लाभदायक हुन्छ ।

लसुनमा भएको सल्फरले शरीरमा क्यान्सरको कोषिका बढ्नबाट रोक्छ। क्यान्सरपीडितले पनि लसुनको प्रयोग गर्दा राम्रो हुन्छ । थुप्रै अनुसन्धानले लसुन पेट क्यान्सरका लागि लाभदायक हुने पुष्टि गरेको छ।

क्यान्सरबाट बच्न ब्रोकाउली सबैभन्दा बढी फाइदाजनक तरकारी हो। त्यसैले यसको नियमित सेवन गर्नुपर्छ। ब्रोकाउलीलाई स्टिम गरेर वा सलादको रूपमा प्रयोग गर्न सकिन्छ । फ्राई गर्दा भने यसमा भएको क्यान्सर प्रोटेक्टिभ फ्लोबेनाइड नष्ट हुन सक्छ।

कागती, सुन्तलाजस्ता अमिलो फलको नियमित सेवनले क्यान्सरको सम्भावनालई घटाउने काम गर्छ। विभिन्न अध्ययनअनुसार भिटामिन सीयुक्त खाद्यपदार्थले मुख, घाँटी र पेट क्यान्सरको सम्भावनाबाट बचाउने पुष्टि गरेको छ।

सेतो च्याउमा भरपुर मात्रामा सेलेनियम नामक तत्व हुन्छ। जसले प्रोस्टेट क्यान्सर हुनबाट जोगाउँछ । यसले महिलाको ब्रेस्ट क्यान्सरको खतरालाई पनि कम गर्छ।

इन्टरनेसनल जर्नलमा छापिएको एक रिसर्चअनुसार नियमित मटरको प्रयोगले पेट क्यान्सरको खतराबाट बचाउँछ। च्याउमा जस्तै यसमा पनि कोउमेस्ट्रोल नामक फाइटोकेमिकल्स हुन्छ। एक कप मटरमा कम्तीमा १० ग्राम कोउमेस्ट्रोल हुन्छ।

अदुवामा क्यान्सरसँग लड्ने अनेक तत्व हुन्छन्। मिसिगन युनिभर्सिटीमा भएको एक अध्ययनले अदुवामा अण्डाशय क्यान्सरको सेल्स नष्ट गर्ने क्षमता प्रदान गर्छ । यसले पेटको क्यान्सरबाट पनि बचाउने काम गर्छ। त्यसैले नियमित अदुवाको प्रयोग दाभदायक हुन्छ।

हरियो प्याजको नियमित सेवनले प्रोस्टेट कयान्सरको खतरालाई ५० प्रतिशत कम गर्छ । यसलाई हल्का पकाएर खाँदा पनि हुन्छ।

तपाईको प्रतिक्रिया