आफ्नो देशको मोह त्यागेर विदेशतिर लर्को लागेर जाने युवाको कमी छैन नेपालमा, आफ्नै देशमा केहि गर्छु अनि याहि जीवनयापन गर्छु भन्ने युवा भेट्न त भेटिन्छन् तर समय बित्तै जादाँ उनीहरुको बोली भने फेरिदै जान्छन् । युवाहरुको आकर्षण बन्दै गएको कोरियामा निकै लामो समय बिताएर फर्केका यी ५ जना युवाहरुलाई भने स्वादेशी मोहले फर्काएर स्वादेश ल्याएको छ ।

पछिल्लो समय नेपाली समाजमा विदेशी खानाको मोह निकै नै वृद्धि भइरहेको छ । जसलाई नै मध्यनजर गर्दै यी ५ जना युवाले संयुक्त लगानी गरेर इटहरीको हलगडामा १ करोडको लगानीमा “फुड जोन” रेष्टुरेण्ड एण्ड क्याफे अर्थात् कोरियन रेष्टुरेण्ड एण्ड क्याफ संचालनमा ल्याएका छन् । १ करोडको लगानीमा खोलिएको उक्त क्याफेको १ नं. प्रदेश उद्योग वन वातावरण तथा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियतले उद्घाटन गरेका हुन् । विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्ने उद्देश्यले उक्त रेष्टुरेण्ड खोलेको संचालकहरु बताउँछन् । आफ्नै देशमा दुख गर्न सकियो भने राम्रो आम्दानी गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगोस् भन्े हेतुका साथ क्याफे संचालनमा ल्याएको संचालकहरुले बताए ।काजी नेपाल, नवीन गुरुङ्, आशिष कठेत, रेवत कार्की र राजु थापा लगाएतले संचालनमा ल्याएको उक्त क्याफेमा कोरियन फुडलाई विशेष प्राथमिकतामा राखिएको छ । त्यसै गरी १ नं. प्रदेशका मुख्य म न्त्री शेरधन राईले खानाको स्वाद लिदै आफ्नो विशेषता र मौलिकता बोकेको यस्ता होटल तथा क्याफेले पर्यटन प्रवद्र्धनमा विशेष टेवा पु¥याउने विश्वास व्यक्त गरे । वास्तवमै छुट्टै मौलिकता बोकेका यस्ता होटल व्यवसायले पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने मात्र हैन कैयौं बेरोजगार प्रेरणाको श्रोत बन्नुका साथै विदेशमा मात्र सुखको गन्तव्य भन्नेहरुको लागी यो एउटा ज्वलन्त उदाहरण बन्न सक्छ ।

तपाईको प्रतिक्रिया