चट्याङ लागेर ७२ भेडा मरेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका५ स्थित फाक्वाको तेरुङवा भन्ने ठाउँमा शनिबार राती चट्याङ पर्दा एकै गोठका ७२ वटा भेडा मरेको अवस्थामा भेटिएको हो । सोम बहादुर लिम्बुको गोठमा रहेका ४ सय भेडाहरु मध्येबाट एक समुहमा रहेका सबै भेडा चट्याङ लागेर मरेको स्थानीयले बताएका छन्।
रातको समयमा हावाहुरीसँगै असिना परेपछि रुखको फेदमा जम्मा भएका ७२ वटा भेडाहरु सबै एकैठाउँ मरेको भेटियो । रुखमा चट्याङ परेको र त्यहाँ रहेका भेडाहरु सबै मरेको भन्ने जानकारी आएको बताईएको छ । यसबारे थप अनुसन्धान र मुचुल्का तयार गर्न प्रहरीलाई समेत खबर गरिसकिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया