प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभई अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताएका छन् ।
उनले भने ‘अदालतले यो प्रक्रिया अघि बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन । सरकारले रिसिइबी साँध्यो भन्नेकुरा गलत हो । उहाँसँग केको रिसिइबी । गृहमन्त्री व्यक्तिगत रुपमा आउनुभयो भन्नकुरा मान्छेले भन्नेकुरा मात्रै हो । यो अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, यो हल भई नै हाल्छ ।’






















