हाम्रो शरीर विभिन्न कोषहरू मिली हरू, अहरू र प्रणालीहरूले बनेको हुन्छ। सामान्यतः कोषहरू एउटा अवधिपछि पूराना कोषहरूलाई नयाँ कोषहरूले शोधभर्ना गर्दछन्। तर कहिलेकाही शरीरको जुनसुकै भागमा कोषहरू अनावश्यकरूपमा अनियन्त्रित तरिकाले बदन थाल्यो भने ती कोषहरूको समूहलाई ट्युमर भनिन्छ। यस्तो ट्युमरलाई मासु पलाएको, गाँठागुँठी, गिर्खा आदि पनि भनिन्छ। ट्युमर शरीरको जुनसुकै भागमा हुनसक्छ। ट्युमर दुई किसिमको हुन्छ :
(क) बेनाइन ट्युमर
यस्तो शरीरको कुनै भागमा आएको ट्युमर, जुन शरीरलाई खासै धेरै नराम्रो असर गर्दैन। शरीरमा हुने धेरै जसो बेनाइन ट्युमर नै हो यस्तो ट्युमरलाई क्यान्सर भनिदैन। एकचोटी अप्रेसन गरेर निकालेपछि फेरी पलाएर आउँदैन। उदाहरणको लागि बासोको डल्लो वा लाइपोमा, यस्ता धेरै गाँठागुठी आयो भने त्यसलाई लाइपोमैटोसिस भनिन्छ। स्तनमा हुने फाइब्रोएडिनोमा पनि बेनाइन ट्युमर हो।
(ख) म्यालिगन्यान्ट ट्युमर
यस्तो ट्युमरले सँगको तन्तु तथा अङ्गलाई असर गर्नुको साथै शरीरको अरु भागमा सरेर जान्छ। मैलिगनैन्ट ट्युमरलाई क्यान्सर भनिन्छ। यो बेनाइन ट्युमरको दाँजोमा नराम्रो मानिन्छ। मैलिगनैन्ट ट्युमरमा कोषहरू अनियत्रित रूपमा बढ्दै जाने र शरीरको लागि हानिकारक हुन्छ।
क्यान्सर भनेको के हो ?
क्यान्सर एउटा यस्तो रोग हो, जो शरीरको कुनै पनि भागमा एक नयां, अनियन्त्रित तथा लगातार बढिराख्ने असामान्य कोषहरूको समूहलाई प्रतिनिधित्व गर्दछ र यो शरीरको लागि खतरनाक हुन्छ।
कोषहरू शरीरको सामान्य कोषहरूभन्दा भिन्दै खालको हुन्छ। कोषहरूको आकार, नाप र भित्री बनावट फरक-फरक हुन्छ। क्यान्सर आफू नजिकका तन्तुहरूलाई असर पार्नुको साथै शरीरको अरू भागमा पनि फैलिन सक्छ। क्यान्सर सरूवा रोग होइन। क्यान्सर जसलाई पनि हुन सक्ने रोग हो। धनी, गरिब, अनपढ, पढेलेखेको, गाँउ-शहर, तराई /पहाडमा बस्ने मान्छेमा हुन सक्छ।
क्यान्सरलाई साधारणतया मासु पलाएको र रगतको क्यान्सर भनेर दुई भागमा बाँड्न सकिन्छ। क्यान्सर १०० भन्दा बढी किसिमका हुन्छन्। क्यान्सर रोगको विस्तृत अध्ययन गरिने चिकित्सा विज्ञानलाई अन्कोलोजी भनिन्छ। क्यान्सरको बनावट तथा व्यवहार गंगटो सँग मिल्ने भएको हुनाले क्यान्सरलाई प्रायः गंगटो भनेर बुझिन्छ। गंगटो भन्दा खेरी एकदमै साह्रो तथा खस्रो, कडा जस्तो बनावट बुझिन्छ। एक चोटी गंगटोले समाए पछि छुट्याउन क्यान्सर भएको गाँठो साह्रो तथा नजिकै तन्तुसँग टांसिएको हुन्छ।






















