मोरङको बुढीगंगा गाउँपालिकामा जेठ १५ गतेबाट बुढीगंगा मिनी महोत्सव सुरु हुने भएको छ । बुढीगंगाको पहिचान, हाम्रो अभियान भन्ने नाराका साथ मिनी महोत्सव सुरु हुन लागेको हो । मितेरी युवा क्लबको आयोजनामा बुढीगंगा–३ मा महोत्सव लाग्नेछ । जेठ १५ बाट सुरु भएको महोत्सव जेठ ३२ गते सकिने आयोजकले जनाएको छ । महोत्सव प्रत्येक दिन बिहान १० बजेदेखि राति ८ बजेसम्म संचालन हुनेछ । स्थानीय स्तरबाट उत्पादित वस्तुहरूको बजार प्रर्वद्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । यस्तै उपभोक्ताहरूको रुची, पहिचान गरी सुझाव संकलन गर्ने, यस क्षेत्रमा रहेको कृषि, उद्योग व्यापारलाई आगामी दिनमा अझ व्यवसायी करण तर्फ लैजाने, ग्रामिण क्षेत्रमा बजारीकरणको अनुभव र बजार अन्वेषणको अनुभव हुने, लोप हुन लागेका स्थानीय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्णा गर्ने साथै आन्तरिक पर्यटनको प्रचारप्रसार गर्नेलगायत महोत्सवका उद्देश्य छन् । महोत्सवमा साना तथा घरेलु उत्पादन र हस्तकलाका सामग्रीहरू, कृषि सामग्रीको उत्पादन तथा प्रवद्र्धन, अटोमोवाइल्स तथा लुब्रिकेन्ट्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रीकल्स, सूचना प्रविधि तथा मोवाइल, शैक्षिक, बैंक, सहकारी तथा वित्तिय संस्थाहरू, फर्निचर तथा फर्निसिङ्गका सामानहरू, फलफूल तथा पुष्प प्रदर्शनी, होटल तथा रेष्टुरेन्ट, जातिय पहिचानका सामग्रीहरू, सेवा तथा परामर्श लगायतका स्टलहरू राखिने छ । मनोरञ्जनात्मक खेलहरूसहितको उत्कृष्ट बाल उद्यान (रोटेपिङ, ट्रेन, डान्स, ब्रेक डान्स), राष्ट्रिय तथा स्थानीय स्तरका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुती, फेशन शोलगायत महोत्सवका विशेष आर्कषणहरू रहेका आयोजकले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
अर्जेन्टिनासँगको हारपछि इजिप्टका प्रशिक्षकको आरोप : फिफा मेसीलाई जिताउन लागिपर्यो
विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को पराजय भोग्नुपरेपछि इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोली अन्यायको सिकार...
मोरङमा पारिवारिक विवादले रक्तपात, एउटै घरमा एकको हत्या, अर्का घाइते
मोरङ : मोरङको ग्रामथान गाउँपालिकामा भाउजूको ज्यान बचाउन खोज्ने ठुलोबुबासमेत खुकुरी प्रहारमा घाइते भएका छन्। देवरले आफ्नै...
कोषराज खनालको नेतृत्वमा बुढीगंगामा ‘लायन्स क्लब अफ राइजिङ लिडर’को नयाँ अध्याय सुरु हुँदै
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाबाट युवा नेतृत्व, सामाजिक सेवा र मानवीय अभियानलाई केन्द्रमा राख्दै ‘लायन्स क्लब अफ राइज...
छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहर...
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...















