घोडाघोडी नगरपालिका–४ भालुफटास्थित सडकमा से.७ प १८७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ भालुफाँटा बस्ने ५० वर्षीय नर बहादुर धामीको सोमबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






















