उदयपुरको त्रियुगा नगरपालिका –१ फुलजोरमा मङ्गलबार बिहान सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
गाईघाटबाट बेल्टारतिर जाँदै गरेको प्र १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको प्र १ –०२.–००१ ख ८५१४ नम्बरको टिफरले ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले दुबैको शव जिल्ला अस्पतालमा राखिएको पोस्टमार्टम र सनाखत हुन बाँकी रहेको जनाएको छ ।






















