दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्यापछि खुकुरीसहित फरार भएका छन् । तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया श्रीमती टीका बुढाथोकीलाई खुकुरी प्रहार गरि हत्यापछि खुकुरी लिएर फरार भएका हुन्।

शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतीको हत्यापछि सोही खुकुरीसहित फरार भएका उनको खोजी कार्य जारी रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतीको हत्यापछि आरोपित खुकुरी लिएर भागेको भन्ने सूचनाका आधारमा खोजी भइ रहेको जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया