मकवानपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवलपरासीका ४७ वर्षीय दिलबहादुर टण्डन क्षेत्री रहेका प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम सडकखण्ड अन्तरगत  मकवानपुरको मनहरी ७ रमनटारस्थित सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख ८४४९ नम्बरको टिफरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०२–०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक क्षेत्री गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई तत्काल उद्धार गरी उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो। उनको उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया