विराटनगर महानगरपालिका ४ दुधफारमस्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा इटहरीका एक युवकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नेमुवाबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०४–००१ ज ००१४ नम्बरको म्याजिक र बाटो क्रस गर्दै गरेको ना ७ ख १८७६ नम्बरको ट्याङ्कर एकापसमा ठक्कर भई दुर्घटना भएको हो ।

दुर्घटनामा म्याजिक चालक इटहरी १७ का ३० वर्षीय तिलक साहको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

म्याजिकमा सवार विराटनगर ६ का ३६ वर्षीय शंखरप्रसाद शर्मा, ३५ वर्षीय मुन्नाकुमार दास, दुहबी २ का ४० वर्षीय सबिना खातुन, रंगेली ८ का २४ वर्षीय अमित सरदार र चुईचुम्मा गाउँपालिका ७ खोटाङका २२ वर्षीय सजिन मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याङ्कर र चालक सप्तरीका ३६ वर्षीय सञ्जीव कुमार ठाकुर जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया