सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ की २१ वर्षीया कल्पना विश्वकर्मालाई नवजात शिशु जन्माई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गत आइतबार उनले सालनालसहितको बच्चाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घरदेखि करिब दुई सय मिटर टाढा रहेको खोल्सीमा लगि पात पतिङ्गरले छोपेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरी टोलीले घटनामा संलग्न उनलाई नियन्त्रणमा लिएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया