जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

जनकपुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ताका क्रममा अध्यक्षमा उनको मात्र दाबी परेपछि यादव निर्विरोध निर्वाचित भएका हुन् । तर औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको छ ।

त्यस्तै अन्य पदहरुमा निर्वाचन हुने भएको छ । आज जसपाको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । मधेस केन्द्रीत राजनीतिमा लामो समयदेखि आवद्ध उपेन्द्र १८ वर्षदेखि अध्यक्षको रुपमा रही आएका छन् ।

उपेन्द्रको नेतृत्वमा गठन भएको मधेसी जनाधिकार फोरम गठनदेखि त्यसपछिका जुनसुकै पार्टीमा तालमेल र विभाजन भए पनि उनी अध्यक्षकै हैसियतमा आफूलाई उभ्याउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया